झापामा थप १० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापामा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार थप ३ जना महिला र ७ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु भारतबाट आएका मेचीनगर नगरपालिका वडा न १० र १३ का २ जना पुरुषहरु रहेका छन् ।

यसैगरि भद्रपुर नगरपालिका वडा न ५ का १ जना महिला र १ जना पुरुष रहेका छन् । यसैगरी बिर्तामोड नगरपालिकाका वडा न ४ र ५ का २ जना महिला १ जना पुरुष रहेका छन् ।

उनीहरु मध्ये २ जना स्वास्थ्यकर्मी र एकजना भने भारतीय नागरिक रहेका छन् । यसैगरि झापा गाउँपालिका वडा न २ का १ जना पुरुष रहेका छन् ।

यसैगरी कचनकवल गाउँपालिका वडा न ७ का १ जना पुरुष रहेका छन् । गौरादह नगरपालिका वडा न ७ का १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आजका संक्रमितहरु मेचीनगरका बाहेक अन्य सबै स्थानीय बासिन्दा रहेका छन् । यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८७० पुगेको छ । जसमा ७८४ जना निको भएका छन् । भने अब ७८ जना उपचारारत छन् ।

यसैगरि झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सम्बन्धित खवर