तुम्बेवाका मेरुदण्ड भाचिएका पिडित सरस्वतीलाई सयपत्रीको सहयोग - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तुम्बेवाका मेरुदण्ड भाचिएका पिडित सरस्वतीलाई सयपत्रीको सहयोग

माङसेबुङ । पान्थरको तुम्बेवा गाउपालिका साबिक हाङगुमकि मेरुदण्ड भाचिएर उपचार गर्न आर्थिक अभाव भएका कारण विगत ४ वर्ष देखि थलापरेकी पीडित सरस्वती श्रेष्ठलाई सयपत्री मिडिया ग्रुप प्रबास नेपालले आर्थिक सहयोग गरेको छ ।

बुधबार चोतारी टिभी युट्यूव च्यानलबाट श्याम कुलुङ मार्फत सयपत्री मिडिया ग्रुप प्रबास नेपालले पिडित श्रेष्ठलाई ६६ हजार ५ सय ७८ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सेवा नै धर्म हो, सुन्दरताको खानी प्रकृति हो हाम्रो सान ! बहुल्यतामै एकता संस्कृति हो हाम्रो पहिचा ! प्रतिभाको सम्मान मन वचन र कर्मले दिन दुखि असाहाय को गरौं सेवा मिडिया सङ्गको सहकार्यमाअघि बढौ सबै युवा, भन्ने नाराका साथ २०७६ सालमा स्थापना भई विभिन्न कार्यक्रम संघ सस्था खेलकुद र रेडियो सँग सह कार्य गर्दै दुःखी पिडित लाई सहयोग गर्दै आएको सामाजिक कार्यमा समर्पित सयपत्री मिडिया ग्रुप प्रबास नेपालले यस पटक पिडित श्रेष्ठलाई आर्थिक सहयोग गरेको मिडिया ग्रुपका सचिव सरिता राईले बताइन् ।

यसैगरि आगमी दिनहरुमा समेत बिभिन्न संघ सस्था, खेलकुद र रेडियो सँग सह कार्य गर्दै दुःखी पिडित लाई सहयोग गर्दै जाने सयपत्री मिडिया ग्रुप प्रबास नेपालका अध्यक्ष अमृत कुरुम्बाङले बताए ।

सम्बन्धित खवर