झापाको मेचीनगरमा प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको मेचीनगरमा प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा

झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालनमा आएको छ ।

बुधबार सांझ पत्रकार सम्मेलन पश्चात झापाको मेचीनगर ८ धुलाबारीमा मा पाँचतारे ‘होटल मेची क्राउन बाई द पीक’ संचालनमा आएको हो ।

बंगलादेश, भुटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ विगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।

होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नम्बर १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताए ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा एक अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिए ।

होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ ।

सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १ सय ५ वटा सुविधासम्पन्न कोठाहरु छन् ।

सम्बन्धित खवर