ट्रकको ठकरबाट एक जनाको मृत्यु - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ट्रकको ठकरबाट एक जनाको मृत्यु


दमक । मोरङ उर्लावारीमा ट्रकको ठकरबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे उर्लावारी जोरबाटो स्थित भित्री सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १(०२०(०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक देउ कुमार लिम्बुको मृत्यु भएको हो ।

उर्लाबारी ९ बस्ने २९ बर्षीय लिम्बुलाई ट्रकले ठकर दिदा गम्भिर घाइते भएका थिए । उनको विएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक मोरङ रतुवामाई –१० का २६ बर्षीय रेवत प्रसाद सुबेदी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर