विपीमा कोरोना संक्रमित २८ वर्षीय महिलाको मृत्यु - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विपीमा कोरोना संक्रमित २८ वर्षीय महिलाको मृत्यु


सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

अस्पतालमा उपचार गराई रहेकी इनरुवा ४ सुनसरीकी २८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतक महिलामा कुनै पनि दीर्घरोग नभएको र कोरोना संक्रमणकै कारणले ज्यान गएको हो ।

असोज ८ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि स्वास लिन समस्या भएको र अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

आज नै मोरङको विराटनगरकी ६८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । ती महिलाको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर