
झापा । कोरोना भाइरसको संक्रमित झापामा आइतबार थप १९ जना थपिएका छन् ।
संक्रमित हुनेहरु मध्ये ६ महिला र १३ जना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईले बताए ।
उनका अनुसार बिर्तामोड नगरपालिकाका २ जना महिला र ६ जना पुरुष हरु रहेका छन् । जसमा १ जना उदयपुर ठेगाना भएका सुरक्षाकर्मी, १ जना स्वास्थ्यकर्मी र १ जना पत्रकार रहेका छन् । बिर्तामोडका संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।
त्यस्तै दमक नगरपालिकाका ४ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । जसमध्ये १ जना भारतबाट आएका हुन् भने ८ जना स्थानीय बासिन्दा रहेका छन् भने २ जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन भएको हो ।
यसैगरी कमल गाउपलिकाका १ जना स्थानीय पुरुष र अर्जुनधारा नगरपालिकाका १ जना स्थानीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दुवै जनाको स्वाब संखुवासभाबाट संकलन भएको चौंलागाईले बताए ।