दमकबाट ब्राउनसुगर कारोबार गर्ने एक महिला पक्राउ - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकबाट ब्राउनसुगर कारोबार गर्ने एक महिला पक्राउ

दमक । झापाको दमकबाट लागु औषध ब्राउनसुगरको कारोबार गर्ने एक महिला पक्राउ परेकी छन् ।

सोमबार बिहान दमक नगरपालिका वडा नं ९ दिपज्योति उराउ टोल बस्ने ३० वर्षीया रुपा चौधरी भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरैमा लागूऔषध ब्राउनसुगर किनबेच गर्ने गरेको जानकारी प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको घरभित्र खानतलासी गर्दा उनको कोठाभित्र पलङमुनि लुकाई राखेको ५ वटा प्लाष्टिकको पोकामा ३५ ग्राम ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ र नगद ७४ हजार ६ सय १५ रुपैयाँ बरामद गरेको हो ।

उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खवर