दमक नगरपालिकाका प्रमुख ओलीलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक नगरपालिकाका प्रमुख ओलीलाई कोरोना संक्रमण पुष्टि

दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार प्रमुख ओलीलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई समेत संक्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

सम्बन्धित खवर