
झापा । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै झापामा संक्रमितको संख्या ९५५ पुगेको छ ।
प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएकोमा उनको बुधबार विहान कोरोना पोजेटिभ आएसंगै कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रमुख पोर्तेलले विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता बढ्न सक्ने भन्दै कोरोना परीक्षण गराएका थिए ।
