इलामको माङसेबुङ वडा ५, मा आवतजावतमा रोक - Mangsebung News
  • शनिबार, बैशाख १९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङ वडा ५, मा आवतजावतमा रोक

  • सुनिल सेर्मा

असोज २३, माङसेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका वडा ५, मा १० दिनका लागि आवतजावतमा रोक लगाएको छ ।

माङसेबुङ गाउँपालिका वडा ५, का एक युवामा कोरोना भाइरस पोजेटिभ देखिएपछि आगमी १० दिनका लागि अत्यावस्यक काम बहेकका सवैलाई आवतजावतमा रोक लगाएको हो ।

बिहिबार माङ्सेबुङ गाउँपालिका वडा ५ को वडा अध्यक्ष नरेन्द्र कुमार राइको अध्यक्षतामा किरात चोत्लुङ अङ्सिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ, राजनितीक दलका प्रतिनिधि, सामाजिक तथा धार्मिक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न बैठकले १० दिनका लागि आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा अत्यावश्यक काममा जानु परेमा वडाको सिफारिस लिएर मात्रै जानुपर्ने निर्णय समेत भएको माङसेबुङ गाउँपालिका वडा ५ को वडा अध्यक्ष नरेन्द्र कुमार राइले बताए ।

माङसेबुङमा कोराना देखिएपछि अर्को सुचना प्रकाशन नगरिन्जेल सम्म वडाको दैनिक काम काज समेत बन्द गरिएको वडाअध्यक्ष राईले बताए ।

यसैगरि वडा ५ को शैक्षिक सस्था, होटल, बितिय सस्था, खेलकुद लगायतका गतिबिधि समेत बन्द गर्ने निर्णय भएको जनाएको छ ।

सम्बन्धित खवर