‘आना सुका २’ गोविन्द र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘आना सुका २’ गोविन्द र सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । सुपरहिट गीत ‘आना सुका’को अपार सफलतापछि लोकप्रिय गायक गोविन्द चेम्जोङ लिम्बू र लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको बहुप्रतिक्षित गीत ‘आना सुका २’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

नायक आकाश श्रेष्ठ, एलिशा शर्मा, सागर शर्मा, मिना नेम्बाङ, अम्रित आङदेम्बे र मुसुम योङहाङको दमदार अभिनय रहेको ‘आना सुका २’ भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतकार तथा संगीतकार रामजन सुब्बाको शव्द तथा संगीतमा सजिएको गीतलाई चन्दु गोर्खालीले संगीत संयोजन गरेका हुन् ।

बिक्रम योङहाङ ‘मुहिम’को निर्देशन रहेको भिडियोमा ज्ञानु सुव्वा र दिलमाया लिम्बूको आकर्षक कोरियोग्राफी रहेको छ ।

भिडियोमा सुमन तामाङको छायाँकन रहेको छ भने बिनु सुहाङ योङहाङको पहिरन तथा कृष्ण सुवेदीको मेकअप रहेको छ ।

एकास्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा इन्सटेन्ड येइल्डको सम्पादन गरेका हुन् । सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको भिडियोे झापाको बिभिन्न ठाउँहरुमा छायाँकन गरिएको हो ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर