कोरोना संक्रमणबाट मंगलबार थप १८ जनाको मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मंगलबार थप १८ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप १८ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १८ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ७८ हजार ७ सय ८० जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर