- आन्छुमे नसान
माङसेबुङ । गायक मुकेश लिम्बूले मर्मस्पर्शी गित ‘तिम्रो सम्झनामा’ सार्वजनिक गरेका छन् ।
मुकेश लिम्बू र शोभा राईको शव्द तथा मुकेश लिम्बूकै संगीत रहेको गित ‘तिम्रो सम्झनामा’ एआर म्युजिक स्टुडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
आशिस लामाको संगीत संयोजन रहेको गितलाई एआर म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो भने, मिक्सिङ मास्टरिङ बिष्णु बराइली सुनारले गरेका हुन् ।
रीमा शाही लामाको छायांकन रहेको भिडियो रेहन शाहीले तयार पारेको हो ।
भिडियो हेर्नुहोस…