नदीजन्य पदार्थको बिक्रीको लागि बोलपत्र आव्हान सम्बन्धी सूचना - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नदीजन्य पदार्थको बिक्रीको लागि बोलपत्र आव्हान सम्बन्धी सूचना

माङसेबुङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
इभाङ, इलाम

१ नं. प्रदेश, नेपाल

नदीजन्य पदार्थको विक्रीको लागि बोलपत्र आव्हान सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशित मिति २०७७/०६/२७

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ६२ (क) तथा गाउँ कार्यपालिकाको मिति २०७७र०६र२६ को निर्णय अनुसार यस गाउँपालिकाको आइ. इ. इ. प्रतिवेदनमा उल्लेखित नदीहरुको स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य सामाग्री उत्खनन गरी माङसेबुङ गाउँपालिकाले तोकेको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले इच्छुक व्यक्ती,फर्म वा कम्पनीहरुले फर्मको नविकरण भएको प्रमाणपत्र, मुल्य अभिवृदि कर दर्ता प्रमाणप्रत्र, आ.व ०७६र७७ को करचुक्ता प्रमाणप्रत्र वा म्याद थपको प्रमाणपत्र वा कर दाखिला गरेको प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रमाणित प्रतिलिपीहरु संलग्न गरी तपशिल बमोजिमको शर्तहरुका अधिनमा रहि बोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धीत सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरीएको छ ।

तपशिल

 सि.नं. सुचना नं. / बोलपत्र नं. बोलपत्रको नामन्युनतम बोलपत्र रकम (सेवाशुल्क र VAT बाहेक ) धरौटि रकम बोलपत्र दस्तुर रु.
 १. MRM/IR/077/78-01देउमाई, फेवा र लम्फेवा खोलाको नदिजन्य सामाग्री (पदार्थ) संकलन तथा बिक्री गर्ने ठेक्का१००००००.००( दस लाख रुपैँया मात्र )कबोल अंकको ५(पाँच) प्रतिशत १००० ।-

शर्तहरु :

१ . फर्महरुको हकमा नवीकरण भएको दर्ता प्रमाणपत्र ,मुल्य अभिवृदिकर दर्ता प्रमाणपत्र , आ.व ०७६र७७ को करचुक्ता प्रमाणप्रत्र वा म्याद थपको प्रमाणपत्र वा कर दाखिला गरेको प्रमाणित हुने कागजात र व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, सिटिजन्स बैंक इन्टरनेशनल माङसेबुङ शाखामा रहेको यस कार्यालयको आन्तरिक राजस्व खाता नं. ०६९०१०००००००१२०२ मा नगद भौचर जम्मा गरी यस सुचना दोस्रो पटक प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस कार्यालयमा उपस्थित भई बोलपत्र सम्बन्धी कागतजातहरु खरीद गर्न सकिने ब्यवस्था रहेको छ । तोकिएको वोलपत्र दस्तुर यस कार्यलयको बैंक खातामा माथि उल्लेखित खा. नं. मा जम्मा गरेको भौचरलाई बोलपत्र सम्बन्धी कागतजातका साथ संलग्न गरी खरीद गरेको बोलपत्र फारामहरुमा उल्लेख भएका सबै विवरणहरु भरी बोलपत्रदाताले प्रत्येक पानामा सही छाप गरी सिलबन्दी गरेर खाम बाहिर फर्मको नाम, ठेगाना, कामको विवरण, प्रोप्राईटरको नाम, ठेगाना, फोन नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई दोस्रो पटक सूचना प्रकाशित भएको मितिले ८ औं दिन दिनको १२ बजेभित्र यस कार्यालयमा बुझाउनुपर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको लगतै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ ।

२. बोलपत्र सम्बन्धी फारम भर्दा कबोल रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ । आफुले कबोल गरेको अंकको ५ ५ को दरले हुन आउने धरौटी रकम यस कार्यालयको सिटिजन्स बैंक इन्टरनेशनल माङसेबुङ शाखामा मा रहेको धरौटी खाता नं ०६९०१००००००२९२०१ मा जम्मा गरी सोको सक्कल भौचर वानेपाल राष्ट्र बैंकबाट ईजाजतप्राप्त बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी १२० दिनको म्याद सहित जारी गरिएको बिड बन्ड सिलबन्दी खामसहित पेश गर्नुपर्ने छ ।

३. एक फर्म वा संस्थाको नाममा खरीद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाका नामबाट दाखिला गर्न पाईने छैन । रितपुर्वक पर्न आएका बोलपत्र सम्बन्धी कागतजात हरु पेश गर्ने अन्तिम दिनको १३ः०० बजे विभिन्न कार्यालयका प्रतिनिधी, निर्माण ब्यबसायी वा निजले तोकेका प्रतिनिधी हरुको रोहबरमा यस कार्यलयमा खोलिनेछ । साथै बोलपत्रदाता वा निजको प्रतिनिधी बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्ने छैन ।

४. बोलपत्र सम्बन्धी जानकारी लिनुपरेमा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ । म्याद नाघी ,रित नपुगी वा शर्त रहित पेश हुन आएमा बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुनेछैन । बोलपत्र स्वीकृत गर्ने नगर्ने सम्बन्धी सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित हुनेछ ।

५ .बोलपत्र स्वीकृत भएको मितिले ७ दिन भित्र मु. अ. कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अङकको ५० ५ रकम यस कार्यालयको बैंक खातामा पेश गर्नुपर्नेछ । दोस्रो किस्ता बापत ३० प्रतिशत (पौष मसान्त भित्र) र तेस्रो किस्ता बापत २० प्रतिशत (फाल्गुण मसान्त भित्र) हुन आउने रकम नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकबाट यस कार्यालयको नाममा २०७८ असार मसान्तसम्म म्याद रही जारी गरेको बैंक ग्यारेन्टी समेत पेश गरी पट्टा उठाउनु पर्नेछ । बोलपत्र कबोल गर्ने फर्म,व्यक्तिले आफुले कबोल गरेको अंक, सेवा शुल्क वापत हुन आउने जम्मा रकमको नियमाअनुसार १३ प्रतिसत भ्याट रकम समेत यस कार्यलयमा बुझाउनुपर्नेछ । नियमानुसार बोलपत्र दाताले नेपाल सरकारलाई आयकर तथा अन्यकर छुट्टै बुझाउनुपर्नेछ ।

६. तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोवस्त गरिनेछ।

विस्तृत जानकारीको लागि यस कार्यालयको वेबसाइट www.mansebungmun.gov.np हेर्न तथा ९८५२६८७७७० मा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित खवर