आईपीएल : राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई लाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यसैगरि सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाउदा राहुल टेवाटिया १४ रनमा अविजित रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए भने कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए ।

यस अघिे दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ५७ रन र कप्तान श्रेयस आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यसैगरि मार्कुस स्टोनिसले १८ रन जोड्दा एलेक्स केरीले १४ रन बनाए भने पृथ्वी श सुन्य रनमा आउट हुँदा अजिंका रहानेले २ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिदा जयदेव उनाकडले २ विकेट लिदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

दिल्लीले तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लामिछानेलाई भने लगातार आठौं खेलमा प्लेईङ सेटमा पारेका छैनन् ।

सम्बन्धित खवर