पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १९ जनाको मृत्यु - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप १९ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १९ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ७ सय ४९ जनासहित देशभर संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ८४ हजार ५ सय १८ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर