दमक र शिवसताक्षीका २ जनाको कोरोना संक्रमणबाट निधन - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमक र शिवसताक्षीका २ जनाको कोरोना संक्रमणबाट निधन


झापा । कोरोना भाइरसको संक्रमणबाट झापामा थप दुई जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा दमक नगरपालिकाका १ जना र शिवसताक्षी नगरपालिकाका १ जना रहेका छन् ।

दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षिय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो ।

अस्तिका दिन स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट हिजो पोजिटिभ आएको थियो । रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।

त्यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो ।

गएराति उनको मृत्यु भएको परिवारले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।

सम्बन्धित खवर