यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यासेली, रोजिना र तिर्सनाको पाःलाम ‘कुघेम्सो नुवा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । बहुप्रतिभाशाली कलाकार यासेली योङहाङ, गायिका रोजिना थेगिम लिम्बू र गायिका तिर्सना नेम्बाङ लिम्बूको सुमधुर स्वरमा सजिएको लिम्बू संस्कृतिमा आधारित मनछुने पाःलाम ‘कुघेम्सो नुवा’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गायक गितकार तथा संगीतकार राजु आङदेम्बे लिम्बूको शव्द संकलन तथा गायिका तिर्सना नेम्बाङ लिम्बूको लय संकलन रहेको पाःलाम ‘कुघेम्सो नुवा’ सेप्माङ युट्यूव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

श्याम लिम्बूको संगीत संयोजन तथा मिक्सिङ रहेको पाःलाम साम्लोलाई श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

मनोज राईको छायाँकन तथा सम्पादन रहेको भिडियोमा यासेली योङहाङ, रोजिना थेगिम लिम्बू र तिर्सना नेम्बाङ लिम्बूलाई देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=neWRM6g3CWA


सम्बन्धित खवर