शनिबार थप ३ हजार १६७ जना कोरोना संक्रमित - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शनिबार थप ३ हजार १६७ जना कोरोना संक्रमित


काठमाडौं । शनिबार कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १ सय ६७ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ४ सय ३८ जनामा गरिएको परिक्षमा शनिबार ३ हजार १ सय ३७ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ८९ हजार ८ सय ४० जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ७ सय २७ पुगेको छ ।

सम्बन्धित खवर