कोरोना संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु, थप ५ जना संक्रमित - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु, थप ५ जना संक्रमित


इलाम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट इलामका एक जना बालिकाको निधन भएको छ ।

मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पताल बिराटनगरमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं. ८ की ८ वर्षीया बालिकाको मृत्यु भएको हो । मृतक बालिकामा चार दिनअघि कोरोना पुष्टि भएको थियो ।

उनलाई अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा शुक्रबार राती साढे ११ बजे बाटोमै मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाइएको छ ।

त्यसतै स्वास्थ्य कार्यालय इलामले स्वाब परीक्षणमा पठाएको मध्ये पाँच जनाको रिर्पोट पोजेटिभ आएको छ । ३१ जनाको पीसीआर टेष्टको रिर्पोट आएकामा पाँच जनाको पोजेटिभ आएको, १४ जनाको रिर्पोट आउन बाँकी र २८ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितहरु ५७ वर्षीय पुरुष, २९ वर्षीय पुरुष, २० वर्षीय पुरुष, ५१ वर्षीय पुरुष र १६ वर्षीया युवती रहेका छन् ।

उनीहरु मध्ये स्वास्थ्य कार्यालयका कर्मचारीका आफन्त, एक्सेल डेभलपमेन्टका कर्मचारी र स्थानीय एक जनामा पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर