काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप १२ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १२ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय ४२ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ९२ हजार १ सय ६६ जना उपचारपछि घर फर्किएका छन् ।