सोमबार थप ३ हजार ७९० जना कोरोना संक्रमित - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोमबार थप ३ हजार ७९० जना कोरोना संक्रमित


काठमाडौं । सोमबार कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ७ सय ९० जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ५ सय ६४ जनामा गरिएको परिक्षमा आइतबार ३ हजार ७ सय ९० जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ९४ हजार ५ सय १ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

सम्बन्धित खवर