कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, कुल मृतक संख्या ७ सय ५७ पुग्यो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, कुल मृतक संख्या ७ सय ५७ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप १८ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १८ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ७ सय ९० जनासहित देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ९४ हजार ५ सय १ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर