देशभरबाट थप ३ हजार ९३ जना कोरोना संक्रमित - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभरबाट थप ३ हजार ९३ जना कोरोना संक्रमित


काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट ३ हजार ९३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८ सय ६१ जनामा गरिएको परिक्षमा आइतबार ३ हजार ९३ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ९६ हजार ६ सय ९ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ ।

सम्बन्धित खवर