कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, कुल मृतक संख्या ७ सय ६५ पुग्यो - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, कुल मृतक संख्या ७ सय ६५ पुग्यो


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप ८ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ८ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६५ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ९३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा ९६ हजार ६ सय ९ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर