दमकका २६ सहित झापामा थप ६४ जना कोरोना संक्रमित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकका २६ सहित झापामा थप ६४ जना कोरोना संक्रमित


झापा । कोरोना भाइरस (कोभिड १९) को संक्रमित झापामा मंगलबार थप ६४ जना थपिएका छन्

स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार ३४ महिला र ३० पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरूमा दमकका सबै भन्दा धेरै २६ जना रेका छन् । त्यसतै भद्रपुरका ९ जना, विर्तामोड नगरपालिकाका १७ जना, अर्जुनधाराका १, बुद्धशान्तिका १, बाह्रदशीका १, कमलका १, मेचीनगरका ४, हल्दीबारीका ३, र कनकाई नपाका १ जना रहेका छन् ।

योसंगै झापामा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७१ पुगेको छ ।

सम्बन्धित खवर