कक्षा १२ को परिक्षा तालिका सार्वजनिक, आउँदो मंसिर ९ गतेदेखि हुने - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक, आउँदो मंसिर ९ गतेदेखि हुने

काठमाडौँ । गत वैशाख ८ गतेदेखि हुने गरी तय भएको कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेदेखि हुने भएको छ ।

कक्षा १२ को परिक्षा कोरोना महामारीका कारण आठ महिनापछि हुन लागेको हो । राष्ट्रिय परिक्षा बोर्डका अनुसार साधारण, संगीत, ललितकला र संस्कृत विषय र प्राविधिकतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परिक्षा पनि सञ्चालन हुनेछन् ।

परिक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी गराउनुपर्ने छ ।

आफूलाई पायक पर्ने ठाउँमा मात्र परिक्षा दिन पाउनेछन् भने पूर्णाक ४० अंक मात्र निर्धारण गरिएको छ ।

४० अंक र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । परिक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने जनाएको छ ।

परिक्षा तालिका

सम्बन्धित खवर