नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरि थप १७ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १७ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय २९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४ सय ९९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख ५ हजार ४ सय ८८ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर