डा.बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डा.बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले आफू र श्रीमती यमीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

डा.भट्टराईले आफ्नो सम्पर्कमा आएका सबैजनालाई विशेष सतर्कता अप्नाउन आग्रह गरेका छन् । भीडभाडसहितका पार्टी कार्यक्रममा सहभागी भएर भट्टराई काठमाडौं फर्किएका थिए ।

चिकित्सकको सल्लाह अनुसार डा.भट्टराई र उनकी पत्नी दुबैजना आइसोलेसनमा छन् ।

सम्बन्धित खवर