पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार २ सय २५ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार २ सय २५ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख ८ हजार ३ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ भने पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ८ सय ४२ पुगेकोे छ ।

सम्बन्धित खवर