पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख ११ हजार ६ सय ७० जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ८ सय ४७ पुगेकोे छ ।

सम्बन्धित खवर