अविवाहित र एकल पुरुषलाई मासिक भत्ता - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अविवाहित र एकल पुरुषलाई मासिक भत्ता

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता दिँदै आएको छ ।

फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको बताएकी छन् ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर