पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ७ सय ४१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख १५ हजार ६ सय ७५ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ८ सय ६२ पुगेकोे छ ।

सम्बन्धित खवर