आईपीएल : किङ्स इलाभेन पन्जाबको सानदार जित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईपीएल : किङ्स इलाभेन पन्जाबको सानदार जित

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले कोलकाता नाइट राइडर्सलाई हराउदै सानदार जित दर्ता गरेको छ ।

सोमबार राति सारजाह क्रिकेट मैदानमा भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले हराउदै सानदार जित दर्ता गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

पन्जाबको जितका लागि क्रिस गेलले २९ बलमा ५१ रन बनाउदै अर्धशतकीय इनिङ्स खेले भने मन्दिप सिंह ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दै अविजित रहे ।

विस्फोटक ब्याटिङ गरेका गेलले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पुरा गरे । यसैगरि कप्तान केएल राहुलले २८ रन बनाए ।

कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।

यस अघि कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाए । कोलकाताका लागि शुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेलदा कप्तान इयान मोर्गनले ४० रनको योगदान गरे ।

खराब सुरुवात गरेको कोलकाताका लागि गिल र मोर्गनले चौंथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । यसैगरि लक्की फर्गुसन २४ रनमा अविजित रहे ।

कोलकातालाई सस्तैमा समेट्न पन्जाबका मोहमद शामी, रबि बिश्नोई र क्रिस जोर्डनले २/२ विकेट लिए भने ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १/१ विकेट लिए ।

जितसँगै पन्जाब तालिकाको चौंथो स्थानमा समेत उक्लिएको छ । र, पन्जाबले प्ले अफ सम्भावना बलियो बनाएको छ भने कोलकाता भने पाँचौं स्थानमा झरेको छ ।

सम्बन्धित खवर