कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु

माङसेबुङ । इलामको माङसेबुङ ६ का एक ६५ वृद्धको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट गए राती मृत्यू भएको छ ।

स्वास्थ्य कार्यालय इलामलका अनुसार एडभान्स अस्पताल दमकमा उपचार गराइरहेका वृद्धकोे कोरोना परीक्षण पोजेटिभ देखिएपछि घर फर्काउने क्रममा मृत्यू भएको जनाएको छ ।

मृतकको शव रातीनै एम्बुलेन्सबाट पञ्चमी नजिकै ल्याएर एकान्तमा राखिएको बताइएको छ ।

जिल्लाबाट नेपाली सेनाको टोली गएर उनको अन्त्यष्टि गरिने स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको जिल्लाको यो दोस्रो घटना हो । यसअघि मृगौला रोगबाट पीडित सुर्योदय नगरपालिकाका ८ वर्षीय बालकको मृत्यू भएको थियो ।

सम्बन्धित खवर