वडाध्यक्ष लावती मोटरसाईकल दुर्घटनामा परि घाइते - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वडाध्यक्ष लावती मोटरसाईकल दुर्घटनामा परि घाइते

दमक । इलामको चुलाचुली गाउँपालिका वडा नं. १ का अध्यक्ष पूर्ण लावती (ध्रुव) मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् ।

आइतबार साँझ घरतर्फ जाने क्रममा नजिकैको दाहाल खोल्सीको खाल्डोमा अध्यक्ष लावतीको मोटरसाईकल दुर्घटनामा भउको हो । उनको झापाको विर्तामोड स्थित बि.एण्ड सि. हस्पिटलमा उपचार भईरहेको छ ।

दुर्घटनामा घाँटीको हड्डीमा असर परेर नसा च्यापिएर हात खुट्टा समेत चल्न नसकेपछि तुरुन्तै बिराटनगर न्यूरो हस्पिटल पुर्याएकामा त्यहाँ भेन्टिलेटर खाली नभएपछि बिर्तामोड ल्याइएको भाइ आइन्द्र लावतीले बताए ।

निर्वाचित वडाध्यक्ष लावती संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

सम्बन्धित खवर