बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि

माङसेबुङ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसन बसेको बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले आफुमा संक्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई संक्रमण देखिएको थियो ।

सम्बन्धित खवर