पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ सय पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख २१ हजार ८ सय २४ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ८ सय ८७ पुगेकोे छ ।

सम्बन्धित खवर