जिल्ला समन्वय समिति प्रमुख, सीडीओ र डीएसपीलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जिल्ला समन्वय समिति प्रमुख, सीडीओ र डीएसपीलाई कोरोना संक्रमण पुष्टि

खोटाङ । खोटाङका जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी र डीएसपीलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आइतबार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाको कोरोना भाइरस(कोभिड–१९) पोजिटिभ देखिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङलाई सामान्य ज्वरो र टाउको दुखेको छ भने प्रजिअ पौडेललाई ज्वरो देखिएको छ । डीएसपी चिमरीयालाई पनि सामान्य रुघाको लक्षण देखिएको छ ।

शनिबार आठ जनाको स्वाब संकलन गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पतालका चिकित्सक प्रवीण झाले बताए ।

संक्रमित सबै होम आइसोलेसनमा रहेको जिल्ला समन्वय समिति प्रमुख चाम्लिङले बताए ।

सम्बन्धित खवर