मिक्लाजुङको समुदायमा कोरोना संक्रमण देखिएसंगै निषेधाज्ञा जारि - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङको समुदायमा कोरोना संक्रमण देखिएसंगै निषेधाज्ञा जारि

मिक्लाजुङ । पान्थरको मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएसंगै एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

पान्थर मिक्लाजुङ ४ रबीका छ जना स्थानीयवासीमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण देखिएपछि आज(बुधबार)देखि कातिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईँका अनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रवि आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ संक्रमण देखिएको थियो ।

संक्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

छ जना संक्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस संक्रमणका लक्षण देखिएको चम्लागाईँले जानकारी दिए ।

उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेशनमा छन् ।

गाउँपालिकाका अध्यक्ष अमरराज माखिमद्धारा हस्ताक्षरित सूचनामा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ ।

गाउँपालिकाले व्यापार व्यवसाय, सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

औषधि, दूध र दुग्धजन्य पसल, शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनलाई खुल्ला गर्न गाउँपालिकाद्वारा बुधबार जारी सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर