
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ३ सय ६४ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख २४ हजार ८ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ९ सय ४ पुगेकोे छ ।