
काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ ।
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा अहिलेसम्म कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएर घर फर्किएका छन् ।