देशभरबाट थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभरबाट थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमित


काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट थप ३ हजार ५ सय १७ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार शुक्रबार देशभरबाट ३ हजार ५ सय १७ थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १ लाख २८ हजार ९ सय ५८ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।

सम्बन्धित खवर