
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा थप १६ जनाको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु भएको छ ।
यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १६ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख २८ हजार ९ सय ५८ जना उपचारपछि घर फर्किएका छन् ।