
एजेन्सी । विश्वमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै भएको छ ।
विश्वमा पछिल्लो २४ घन्टामा ५ लाख ७३ हजार ६ सय १६ जनामा विश्वमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।
संक्रमितमध्ये अमेरिकामा सबैभन्दा धेरै १ लाख १ हजार ४ सय ६१ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ ।
यसैगरि भारतमा ४८ हजार १ सय २०, फ्रान्समा ४९ हजार २ सय १५, ब्राजिलमा २३ हजार १ सय २६, स्पेनमा २५ हजार ५ सय ९५, बेलायतमा २४ हजार ४ सय ५ र इटलीमा ३१ हजार ८४ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या पनि पछिल्लो १ महिनायताकै धेरै भएको छ । विभिन्न देशमा ७ हजार ४ सय ९० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
सबैभन्दा धेरै अमेरिकामा ९ सय ८८, भारतमा ५ सय ५०, ब्राजिलमा ५ सय २९, रसियामा ३ सय ५५, फ्रान्समा ५ सय ४५ र मेक्सिकोमा ४ सय ६४ जनाको ज्यान गएको छ ।