संघीय लेखक मञ्चको गठन, अध्यक्षमा मधु केरुङ चयन - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लेखक मञ्चको गठन, अध्यक्षमा मधु केरुङ चयन


दमक । नेपाली साहित्यमा विभिन्न वादको आन्दोलन भए अझै पनि नेपाली साहित्य प्रतिको दृष्टिकोण संकुचित र परम्परावादी भएको भन्दै विश्वभरी छरिएर रहेका कमल जिवीहरुको साझा मञ्चको रुपमा स्थापित गर्न जुम भेला मार्फत शनिबार संघीय लेखक मञ्च गठन भएको छ ।

संघीय लोकत्रान्त्रीक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’को प्रमुख अतिथिमा शनिबार भएको जुम कार्यक्रममा मधु केरुङको अध्यक्षतामा २७ सदस्यीय समितिको गठन भएको विज्ञप्ति प्रकाशित गर्दै जनाएको छ ।

समितिको उपाध्यक्षहरुमा सीता पिरती, पुष्पहाङ लोवा, महासचिव जितेन पन्धाक, उपमहासचिव डिकध्वज लाओती, सचिव इक्साहाङ चेम्जोङ, कोषाध्यक्ष जितेन अधिकारी, सदस्यहरुमा क्रमशः केजी सुब्बा, सेलीङ केसी, विक्रम वनेम फागो, साम्जिरी सेर्मा, मुक्साम लाओती, सन्देश सुब्बा, मौलश्री लिम्बु, बलिन्द्र बाबु, निशा लोवा, डिम्पल वनेम, रचना लाओती, राज मावो, कल्पना लिङ्देन, कुमारी चेम्जोङ, कुबेर मृदुल, कविन तुम्बापो, मचिन्द्र लोवा, मातृका नेम्बाङ, मञ्जु इवारम र प्रेमा हाङसरुम्बा रहेका छन् ।

सो कार्यक्रमले सल्लाहकारहरुमा येहाङ लाओती, हरि चोङवाङ, सेसेमी से नाल्बो, भवानी तावा र राज माङ्लाकलाई चयन गरेको छ ।

त्यस्तै ताप्लेजुङ् जिल्ला संयोजकमा लेकाली कान्छा मुक्कुम, सह–संयोजकमा सन्देश पाखे, पान्थर जिल्ला संयोजक मन कुमार तुम्रोक, सह–संयोजकमा इन्दिरा नेम्बाङ, इलाम जिल्ला संयोजकमा सुमन लिङ्देन, सह–संयोजकमा सन्जित फलानो, तेह्रथुम संयोजकमा नरेन्द्र खापुङ, सह–संयोजक पर्शु हाङस्रोङ, झापा संयोजक अभिषेक नेम्बाङ (विद्रोही कलम), सह–संयोजकमा मञ्जु थेगीम, मोरङ संयोजक गगन योक्पाङदेन, सह–संयोजक निर्मल कुलुङ, धनकुटा संयोजकमा हृदय जवेगु, उपत्यकामा संयोजक सुनिल आङ्बो, सह–संयोजक उत्तम लिम्बु रहेका छन् भने प्रवास मलेशिया संयोजकमा जनम लिङदम, सह–संयोजक सुजन सेरेङ र साउदी संयोजकमा सुमन सहयात्री रहेका छन् । अन्य जिल्लाहरू र प्रवासहरूमा संयोजकहरू तोक्दै जाने समेत बताइएको छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेतापनि साहित्य र लेखक(साहित्यकार)लाई गर्ने व्यवहार एकात्मक केन्द्रीकृत शैलीको भएको हुँदा नेपालको सबै समुदायको भाषा र वाङ्मयलाई संरक्षण र विकास गर्न सात प्रदेश अवैज्ञानिक भएको भन्दै संविधान संशोधन गरेर १०ं१ प्रदेश निर्माण गरेर सबै जातीको भाषा र साहित्यको विकास गर्न आवश्यक रहेको जनाएको छ । विभिन्न भाषा र क्षेत्रमा रहेर सृजना गर्ने स्रष्टाहरुको समेत समान ब्यबहार गर्ने जिम्मा राज्यको भएको समेत उल्लेख गरेको छ । यस नव गठित मञ्च अस्तित्व, पहिचान र सामाजिक न्यायको साझा मञ्च बन्ने जनाएको छ ।

जीतेन पन्धाकले सञ्चालन गरेको जुम कार्यक्रम अध्यक्षता मधुराज केरुङले गरेका थिए ।

सम्बन्धित खवर