तुम्बेवामा ट्याक्सी र ट्याक्टर बिच ठक्कर - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तुम्बेवामा ट्याक्सी र ट्याक्टर बिच ठक्कर

तुम्बेवा । पाँचथरको तुम्बेवामा यात्रुबाहक ट्याक्सी र ट्रयाक्टर बीच एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।

तुम्बेवा गाउपालिका वडा नं. ४ वलने स्थित सार्किटारमा आइतबार वलनेबाट यात्रु लिएर जाँदै गरेको मे १ ज ३१४३ नं. को ट्याक्सीलाई विपरित दिशाबाट आईरहेको मे १ त ५८६६ नं. को ट्रयाकटरले ठक्करदिदा उक्त घटना भएको हो ।

उक्त दुर्घटनामा कुनै मानविय क्षति नभए पनि ट्याक्सीको अग्रभागमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय मौवाले जनाएको छ ।

प्रहरीले ट्रयाक्टरको ब्रेक फेल भई गति अनियन्त्रित हुदा विपरित दिशाबाट आईरहेको ट्याक्सीलाई ठक्कर दिएको हुन सक्ने अनुमान गरेकोछ । घटनाको बारेमा बिस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर