माङसेबुङ युथको आयोजनामा फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकला हुदैं - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ युथको आयोजनामा फाल्गुनन्द बिषायक अनलाइन वक्तृत्वकला हुदैं

माङसेबुङ । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ युथ सोसाइटीको आयोजनामा अनलाइन वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

माङसेबुङ युथ सोसाइटीको आयोजनामा ‘किरात समुदायमा महागुरु फाल्गुनन्द लिङदेनको महत्व’ शिर्षकमा अनलाइन बक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको हो ।

सामाजिक सञ्जालमार्फत शनिबार सार्वजनिक गरिएको बिज्ञप्तिमा प्रतियोगीतामा सहभागी हुने पतिस्पर्धिहरुले युथ सोसाइटीको अफिसियल मेल mangsebungyouthsociety@gmail.com मा भिडियो पठाएर सहभागिता जनाउन अनुरोध गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण लामो समय युवा पुस्ता र सबै पक्षमा टाडा बनाइरहेको अवस्थामा न्यू मिडियाले संसारलाई नजिक बनाइरहेको र यस्कोे प्रयोगकर्ताको संख्या त्यतिकै बढिरहेको अवस्थामा यस्तो कार्यक्रम उपयूक्त हुने भएकोले आयोजना गर्न लागिएको माङसेबुङ युथ सोसाइटीका सचिव सन्जीत लाओती बताए ।

अनलाइन वक्तृत्वकलाको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३ हजार ३५, २ हजार ३५ र १ हजार ३५ नगद पुरस्कार प्राप्त गर्ने माङसेबुङ युथ सोसाइटीका अध्यक्ष यलम्बर लाओतीले बताए ।

अध्यक्ष लाओतीका अनुसार बक्तव्य भिडियो ५ मिनेटको हुनुपर्ने, र यहि कातिक २३ गते सम्ममा पठाई सक्नुपर्ने जनएको छ ।

उनका अनुसार विजेताको घोषना भने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १३६ औं जन्मजयन्तीको अवसरमा माङसेबुङ ३ मा अवस्थित महागुरुको शालिकमा आयोजित कार्यक्रमबाट गरिने सोहिदिन पुरस्कार वितरण गर्नै जनाएको छ ।

सम्बन्धित खवर