पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना भाईरस(कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय २४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा १ लाख ३४ हजार ८ सय ४२ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यू भए संगै मृत्यू हुनेको संख्या ९ सय ६० पुगेकोे छ ।

सम्बन्धित खवर