
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या देशभरबाट थप २ हजार ९ सय ३३ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार सोमबार देशभरबाट २ हजार ९ सय ३३ थपिए संगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १ लाख ३७ हजार ९ सय ९२ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।